तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

59 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन्।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी आरोपमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए।

यसअघि पनि उनी पटक–पटक अदालतमा उपस्थित भएर तारेख बुझ्दै आएका थिए। यसपटक पनि सोही मुद्दाको कानुनी प्रक्रियाअन्तर्गत उनी अदालत पुगेका हुन्।