16
Shares
काठमाडाैं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा उहाँले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । आईतवारबाट शुरु भएको नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ ।
उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया