17
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनि दुर्घटनामा परेका हुन् ।
दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ । उनको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।
दाहालसँग मोटरसाइकल दुर्घटनामा परेका सोही पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते भएका छन् । सामान्य उपचारपछि उनि घर फर्किएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया