चार नदीमा पानीको सतह चेतावनी तह पार, बाढीको जोखिम

20 Shares

काठमाडौं । देशका विभिन्न नदीमा पानीको बहाव बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको धुन्चेस्थित त्रिशूली नदी, काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोला, धनकुटाको त्रिवेणीस्थित तमोर नदी र सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह चेतावनी तह आसपास वा त्यसभन्दा माथि पुगेको हो।

शुक्रबार दिउँसो ३ः४० बजेको मापनअनुसार धुन्चेस्थित त्रिशूली नदीमा पानीको सतह ३ं.५१ मिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह ३.२ मिटर रहेकाले पानीको सतह बढ्दो क्रममा रहेको जनाइएको छ।

पनौतीको रोशी खोलामा पानीको सतह ४.४७ मिटर पुगेको छ। त्यहाँ चेतावनी तह ४ मिटर र खतरा तह ४.५ मिटर तोकिएको छ। पानीको सतह हाल स्थिर रहे पनि चेतावनीको अवस्था कायम छ।

यस्तै, त्रिवेणीस्थित तमोर नदीमा पानीको सतह ९.०३ मिटर पुगेको छ। त्यहाँको चेतावनी तह ९ मिटर रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ। तमोरको पानीको सतह भने स्थिर रहेको महाशाखाले जनाएको छ।

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह ६.२८ मिटर पुगेको छ। त्यहाँ चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेकामा पानीको सतह बढ्दो क्रममा रहेको छ।