13
Shares
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
मंगलबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूलाई शपथ गराउनुभएकाे हाे ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो। पुनर्गठनसँगै केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ।
एमाले, नेकपा र जसपाबीचको सत्ता सहकार्यअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया