एमालेले बागमती सरकारलाई दिएको समर्थन लियाे फिर्ता (पत्रसहित)

16 Shares

काठमाडाैं। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीले बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो । प्रदेश सरकारमा नेकपा एमालेका ६ जना मन्त्री सहभागी रहेका छन् । उनीहरूमध्ये पाँच जना मन्त्रीहरु भने समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौं रहेकोले अनुपस्थित रहेको बताइएको छ ।


मुख्यमन्त्री इन्द्रबहादर बानियाँ चितवनबाट फकिएपछि राजीनामा बुझाउने उनीहरूको तयारी रहेकाे हाे । बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको हाे।