अर्जेन्टिना इंग्ल्याण्डलाई पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश

23 Shares

काठमाडौं । अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा रङ्गशालामा बिहीबार सम्पन्न भएकाे दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ गाेल अन्तरले पराजित गरेकाे हाे । खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याएका हुन्। अर्जेन्टिनासँग पराजित भएसँगै ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना पनि चकनाचुर भएको छ ।

अर्जेन्टिनाले अब फाइनल खेलमा स्पेनको सामना गर्ने भएकाे हाे।