सुनचाँदीको मूल्यमा‌ ओरालाे यात्रा कायमै

15 Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ।

सोमबार तोलामा नौ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।

सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।