21
Shares
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट हटाएको छ । शुक्रबार बजेट भाषण लगत्तै मन्त्रालयले आर्थिक विधेयक वेबसाइटमा अपलोड गरेको थियो ।
शनिबार दिउँसो सो दस्तावेज वेबसाइटबाट लुकाइएको छ । आर्थिक विधेयकमा कर कानुनहरूमा संशोधन गरी नयाँ दरहरू राखिएको हुन्छ ।आर्थिक विधेयक वेबसाइटबाट हटाएको विषयमा आफूलाई जानकारी नभएको अर्थ सचिव घनश्याम उपाध्यायले बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८३ मा लिइएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया