गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

13 Shares

काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडिलाटी छ महिनाभित्र यकिन गरिने समेत बताए । उनले गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।

भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान गरिने बताए ।

उनले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिने बताए ।