इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्न ‘मातृभूमि कोष’

102 Shares

काठमाडौँ । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनीकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताए ।

उनले क्रेडिट रेटिङमा सुधार हुनेगरी अनुकूल आर्थिक वातावरण सिर्जना गरिने समेत बताए । उनले नेपाललाई ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउने घोषणा समेत गरे ।

उनले राष्ट्रिय वाणिज्य बैङ्कमा राज्यको पूँजि वृद्धि गर्ने प्रस्ताव समेत सरकारले अघि सारेको बताए ।