वीरगन्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

34 Shares

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।

लिखत सम्बन्धी कसुरमा अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो । प्राप्त जानकारी अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भए पनि हाल लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।

उनीमाथि ‘नक्कली बाबु’ बनेर एक युवतीलाई नागरिकता दिलाएको आरोप लागेको छ ।

प्रहरी स्रोतका अनुसार अदालतको आदेशपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे अनुसन्धानलाई थप तीव्र बनाइएको छ ।

यस घटनापछि स्थानीय तहदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा सुरु भएको छ । नागरिकता प्रक्रिया र लिखत किर्तेसम्बन्धी विषयमा सम्बन्धित निकायले विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।