प्रधानमन्त्री शाहले ईयू देशका राजदूतसँग गरे सामूहिक शिष्टाचार भेटवार्ता

77 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।

उनको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता भएको हो। छलफलमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषय तथा सहकार्यका विभिन्न आयामबारे कुराकानी भएको जनाइएको छ।

 

यसअघि चैत २५ गते पनि शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए।