50
Shares
काठमाडौं । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
सबै घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया