कोशी, मधेश, बागमती र गण्डकीका केही जिल्लामा हावाहुरीको सम्भावना

52 Shares

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मंगलबार हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसोपछि ती क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर र रुपन्देही लगायतका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।

हावाहुरीका कारण घरको छाना उड्ने, कमजोर रुख तथा बिजुलीका पोल ढल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।