सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

37 Shares

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीबाट छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्रबहादुर सिंह का अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–४ का स्थायी बासिन्दा भई हाल सुनकोशी–३ बोहोरेटार बस्दै आएका ९ वर्षीय सफल पुलामी मगर र सुनकोशी–५ बन्दीपुर घर भई हाल बोहोरेटार बस्दै आएका १० वर्षीय युकेस विक रहेका छन् ।

प्रहरीका अनुसार शनिबार नदी किनारमा खेल्ने क्रममा उनीहरू भंगालोमा डुबेका थिए । स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको भए पनि उपचारअघि नै मृत्यु भएको जनाएको छ ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । स्थानीय तहमा वर्षायाम सुरु भएसँगै नदी तथा खोलानालामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।