यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

14 Shares

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।

बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधवार भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए ।

प्रकाशको शव गाउँमा ल्याएर शुक्रवार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।

‘आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्’, वडा सदस्य गुरुङले भने, ‘तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।’