781
Shares
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ।
भारतकाे इडेन गार्डेन्समा बुधबार राति भएकाे खेलमा कोलकताले मुम्बईलाई ४ विकेटले पराजित गरेकाे हाे । मुम्बईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कोलकताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे छ।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । कोलकता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैठाैं स्थानमा छ । मुम्बई भने १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौं स्थानमा रहेकाे हाे ।
साथै आईपीएल क्रिकेटमा बिहीबार राति पौने ८ बजे अहमदावादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया