सभामुखलाई पर्चा देखाएर संसद्‌भित्रै श्रम संस्कृतिको प्रदर्शन

69 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीले पर्चा देखाएर प्रदर्शन गरेको छ । सोमबार (जेठ ४)को बैठकका कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् ।

त्यसपछि सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न उनीहरूलाई निर्देशन दिए । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा उक्त पर्चा टाँसेर आसनमाबसेका छन् । प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

harka-1779082762.JPG