काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् र कारबाही सुरु गरियोस् ।’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा सम्पत्ति छानबिन आयोग गठन भएको थियो । त्यही आयोगलाई बोलीचालीमा लम्साल आयोग भन्ने गरिएको छ ।
नेता केसीले त्यही प्रतिवेदन सार्वजनिक गरेर कारबाही सुरु गर्नुपर्ने बताएका हुन् ।
अवैध सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने केसीको माग छ । उनले भने, ‘अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशमा जस्तै शक्तिशाली आयोग गठन गरियोस् ।’
स्वीस बैंकमा विगतको तुलनामा नेपालीको पैसा बढ्दै केसीको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया