सुनचाँदीको मूल्य आज ह्वात्तै बढ्याे

15 Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

बुधबार तोलामा सात सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार तोलामा पाँच हजार सात सय १० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार भने पाँच हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार सात सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।