२३ सय ६५ जना सवारी-चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

17 Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय ६५ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५ सय ४ राजस्व दाखिला भएको जनाएकाे हाे । कार्यालयले मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २ सय ५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ७४ जनालाई कारबाही गरिएको जानकारी गराएकाे छ।

त्यसैगरी, लेन’ अनुशासन पालना नगर्ने १ सय २३, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय २४, एकतर्फी सडकमा सवारी चलाउने १ सय ६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २१ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।