बालेन शाहको राजीनामा माग्दै सुकुमबासीद्वारा मसाल जुलुस

99 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै सुकुमबासीहरूले मसाल जुलुस निकालेका छन् । बुधबार पोखराका सुकुमबासीहरूले विभिन्न नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले आफूहरूको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रधानमन्त्री शाहको राजीनामा माग गरेका थिए । जुलुसका क्रममा सुरक्षाकर्मीको उपस्थिति समेत बाक्लो रहेको थियो ।