काठमाडौंमा भूकम्पको धक्का, मातातीर्थ केन्द्रविन्दु भएर २.९ म्याग्निच्युडको भूकम्प

88 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७:२४ बजे काठमाडौंको मातातीर्थ आसपास केन्द्रविन्दु भएर २.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका विभिन्न क्षेत्रमा सामान्य रूपमा महसुस गरिएको थियो । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।