संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।
यसअघि बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको थियो। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले संसदमा धारणा राख्ने भएका हुन्।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गरेका थिए।
संसद सचिवालयका अनुसार आज नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने, उठेका प्रश्नको जवाफ दिने, सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने तथा आजै पारित गर्ने तयारी गरिएको छ।
यसअघि मंगलबार बसेको बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया