काठमाडौं । National Examination Board ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा अनुमोदन गरेसँगै सार्वजनिक गरिएको हो। विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी बोर्डको आधिकारिक वेबसाइटबाट नतिजा हेर्न सक्नेछन्।
साथै एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ। यस वर्ष देशभरबाट ठूलो संख्यामा विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। नतिजासँगै ग्रेड विवरणसमेत सार्वजनिक गरिएको बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि: National Examination Board Official Website
फेसबुकबाट तपाईको प्रतिक्रिया