संघीय संसद अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

115 Shares

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।

वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरिएको छ।