रोल्पा जीप दुर्घटना अपडेट : मृतककाे संख्या २० पुग्यो

12 Shares

काठमाडौं । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटना हुँदा उक्त हताहत भएको प्रहरीले जनाएको छ ।

थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।