ठेक्का ह्याक गर्ने ठेकेदाहरु को-को पक्राउ ?

16 Shares

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी ठेक्काको अनलाइन प्रणाली नियन्त्रणमा लिएर ठेक्का नै हेरफेर गर्ने १३ जना पक्राउ परेका छन् । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच पु¥याउने ह्याकरको सहयोगमा ठेक्काको कागजातमै फेवदल गर्ने कालिका कन्स्ट्रक्सन सञ्चालक एवं पूर्व मन्त्री विक्रम पाण्डे सहित ९ वटा निर्माण व्यवसायी कम्पनीका संचालकहरु पक्राउ परेका हुन् ।

सीआइबीले विशेष सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइनबाट खुल्ने ठेक्का सम्बन्धी सूचना सम्बन्धित कम्प निका सञ्चालकले मात्रै पाउने व्यवस्था छ  । तर ह्याकरले उक्त कार्यालयको वेबसाइटमै पहुँच पु¥याउने र कसले कति रकमको आवेदन दिएको छ भन्ने जानकारी लिएर मिलेमतो गर्ने निर्माण कम्पनीको कागजातै फेरबदल गरिदिने गरेको खुलेको छ ।

अहिले सम्म ह्याकर दिवाकर र उनको सहयोगमा ह्याक गरेर ठेक्का लिने सोली थुम्का निर्माण सेवा प्रालिका सञ्जय भट्ट, हाम्रो कटुवाल कन्स्ट्रक्सनका सागर कटुवाल , गीताञ्जली कन्स्ट्रक्सनका जीवनकुमार दास प्रहरी हिरासतमा छन् । त्यस्तै शिवावश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ भीषण कन्स्ट्रक्सन टंककुमार श्रेष्ठ , चुपर निर्माण सेवाका अमृत बोहरा , ईन्कोन प्रालिका स्वदेश पोखरेल , कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगानाले पनि विभिन्न सरकारी ठेक्का ह्याकसँग मिलेर आफ्नो पक्षमा पारेको आरोप लागेको छ ।

आशिष निर्माण सेवा प्रालिका ऋषिकेश गौली र ती निर्माण व्यवसायीहरूले ह्याकरलाई कमिसनबापत  दिएको पैसा क्रिप्टोमा लगानी गरेको देखिए पनि भास्कर राज अर्याल पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पूर्व मन्त्री पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सन महेन्द्र राजमार्ग अन्तरगत पथलैया क्षेत्रको बागमती पुल निर्माणका लागि ६७ करोड ५४ लाखमा हालेको ठेक्का अन्तिम समयमा आएर ६० करोडमा प्राप्त गरेका थिए । एउटै ठेक्कामा प्रस्ताव गरेको भन्दा करिब ७ करोड फरक पर्ने गरी कागजात फेरबदल गरिएको हो ।

अनलाई ठेक्का प्रक्रियामा कागजात हेरफेर गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ ।Untitled-1wadrarw.jpg