एजेन्सी । अमेरिकाको चार दिने भ्रमणमा रहेका बेलायतका राजा चार्ल्स तृत्तियले नेटो एकता र युक्रेनको समर्थनको लागि आह्वान गर्नुभएको छ ।
अमेरिकी राजधानी वाशिंगटन डीसीमा रहेको क्यापिटल भवनमा बुधबार अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राजा चार्ल्सले यस्ताे आह्वान गर्नुभएको हाे । उहाँले रुसको निरन्तर आक्रमणकोबीच नेटो एकताको प्रतिज्ञा गर्न र युक्रेनलाई समर्थन गर्न आह्वान गर्नुभयाे । इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेटोको आलोचना गरिरहँदा नेटोकाे बारेमा राजा चार्ल्सको आव्हानलाई अर्थपूर्ण मानिएको छ ।
कंग्रेसलाई सम्बोधन गर्दै नेटो र आफ्ना नागरिक र हितहरूको रक्षा गर्न रक्षा गठबन्धनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजा चार्ल्सले बेलायत र अमेरिकाको साझा इतिहास र मूल्यमान्यता स्मरण गर्नुभयो । अमेरिका र बेलायतबीचको एकता र गहिरो ऐतिहासिक सम्बन्धलाई पनि उहाँले जोड दिनुभएकाे छ।
बुधबारै राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पद्वारा आयाजित राजकीय रात्रिभोजमा राजा चार्ल्स र रानी क्यामिला सहभागी हुनुभएको छ । सन् २००७ मा राष्ट्रपति जर्ज डब्लु बुशको निमन्त्रणामा महारानी एलिजाबेथले अमेरिका भ्रमण गरेपछि चार्ल्स तृत्तियले पहिलो पटक अमेरिका भ्रमण गर्नुभएको हो ।
अमेरिकी स्वतन्त्रताको २५० औं वर्षगाँठको अवसरमा बेलायतको राजदम्पतट्ठबाट अमेरिकाको भ्रमण भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया