रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित

12 Shares

काठमाडौँ । रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।

आजका लागि पेसी तोकिएको उक्त रिटको सुनुवाइ सरकारी वकिलको अनुरोधमा स्थगित गरिएको हो ।

सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि तोकिएको थियो ।

यसअघि विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विषयमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाएको थियो ।