१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३० वर्षीय युवक पक्राउ

10 Shares

काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।