37
Shares
काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बुधबार दान बहादुर कार्की र राजु अर्याल लगायत उच्च सुरक्षा अधिकारीलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।
सरकारी निर्देशनअनुसार बागमती नदी किनारको उक्त बस्ती आउँदो शनिबार र आइतबारभित्र खाली गराउने तयारी गरिएको छ ।
यसअघि पनि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । तर त्यसबेला स्थानीयको विरोधका कारण प्रयास सफल हुन सकेको थिएन ।
अहिलेको निर्णयसँगै थापाथली क्षेत्रको बस्ती व्यवस्थापन र हटाउने प्रक्रिया फेरि अघि बढ्ने देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया