11
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यसअघि केन्द्रीय सदस्य रहेका शाह पार्टीभित्र सक्रिय भूमिकामा रहँदै आएका थिए । प्रधानमन्त्री तथा काठमाडाैंका पूवर् मेयर बालेन्द्र शाह रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा आबद्ध थिए ।
प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका शाह बालेनका निकट पात्रका रूपमा चिनिन्छन् ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम–२ बाट उम्मेदवारी दिएका थिए, तर विजयी हुन सकेनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया