देशभर गर्मी बढ्दो, सोमबार–मंगलबार झनै तातो हुने चेतावनी

106 Shares

काठमाडाैं उपत्यकासहित देशैभरी केही दिन यता गर्मी उल्लेखनीय रूपमा बढेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार अझै तापक्रम बढ्ने जनाएको छ।

मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका पश्चिमी तराई क्षेत्रमा तातो लहर (Heatwave) चल्ने सम्भावना रहेको छ। महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

आइतबार नेपालगञ्जदिपायल मा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो, जसले अत्यधिक गर्मीको संकेत गर्दछ।

यता, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षा भइरहेको छ। कास्की मा ५७.४ मिमी र सिन्धुपाल्चोक मा ६८.४ मिमी वर्षा रेकर्ड गरिएको छ। गोरखा, लमजुङ, सोलुखुम्बु, खोटाङ, धनकुटा र सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अन्य स्थानमा हल्का वर्षा भएको छ।

यसैबीच, चितवनतनहुँ लगायतका क्षेत्रमा असिना समेत परेको छ।