आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा आज नेपाल र इटली भिड्दै

126 Shares

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद अन्तर्गत सञ्चालन भइरहेको आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज (आइतबार) इटलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

खेल गहंगा क्रिकेट ओभल, किगाली (रुवाण्डा) मा नेपाली समय अनुसार साँझ ४:४५ बजे सुरु हुनेछ। नेपाल र इटलीका महिला टोलीबीच यो पहिलो भेट हुनेछ।

जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने इटलीले घरेलु टोली रुवाण्डालाई हराएको थियो।

प्रतियोगितामा नेपाल र इटलीसँगै रुवाण्डा, भानुआटु र अमेरिका सहभागी छन्। एसोसिएट राष्ट्रहरूमा महिला क्रिकेटको विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ले सुरु गरेको यो प्रतियोगिताको पहिलो संस्करण हो।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।