यातायात व्यवस्था विभागद्वारा छापिएका ६७४ थान लाइसेन्सको विवरण सार्वजनिक

123 Shares

काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ६७४ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । जसमा लाइसेन्सको क्याटेगोरीसहित उल्लेख गरेको छ ।

साथै, विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

विभागले भनेको छ,‘कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला ।’
कात्तिक यता सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ हुँदै आएको छ । अहिले तीन किसिमका लाइसेन्स छपाइ सुरु गरेको छ । 

जसमा अत्यावश्यक, पुरानो ब्याकलग र लाइसेन्सका लागि ट्रायल पास भएपछि राजस्व तिरेको २४ घण्टाभित्र छपाइ हुँदै आएको यातायात व्यवस्था विभागले जनाएको छ ।