आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै

32 Shares

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने “आमाको मुख हेर्ने पर्व” आज देशभर श्रद्धा, भक्तिभाव र सम्मानका साथ मनाइँदैछ । यस दिन छोराछोरीहरूले आमालाई मीठा खानेकुरा खुवाउने, नयाँ लुगा दिने र आशीर्वाद लिने चलन रहेको छ ।

शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च मानिन्छिन् र “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्यअनुसार आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि महान् मानिएको छ ।

आमा जीवित नभएकाहरूले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा छ। यस अवसरमा मातातीर्थमा विशेष मेला लाग्ने र भक्तजनको भीड रहने गर्छ ।