माता औंसीको अवसरमा सिमरनले ल्याइन् ‘आमा’

573 Shares

काठमाडौं । आमा खुवाउने औंसीलाई लक्षित गरेर सिमरन धितालले ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । आफ्नी आमालाई सर्वप्रेरणादायी शक्तिका रुपमा चित्रण गरिएका शब्दहरु बुनेर उनले लिरिकल गीत सार्वजनिक गरेकी हुन् । 

उनको गीत सिमरन धिताल नामक आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत तथा स्वरसमेत सिमरन आफ्नै रहेको छ । आमाले जन्म दिने मात्रै होइन कि बाँच्न, हाँस्न र सफलताको मार्ग बन्ने भूमिका निर्वाह गर्छिन् भन्ने भाव गीतका शब्दले बोलेका छन् । 

गीतको संगीत अहिलेका युवा पुस्तालाई लक्षित गरेर कर्णप्रिय बनाइएको छ । 

गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्