हर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी नजिक आए इरानी जहाजमाथि प्रहार गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

153 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलसन्धिमा जारी अमेरिकी नाकाबन्दीको नजिक कुनैपनि इरानी जहाज आएमा अमेरिकी सेनाले त्यसलाई नष्ट गर्ने चेतावनी दिनुभएकाे छ।

उहाँले साेमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानको नौसेना समुन्द्रको फेदमा पुगिसकेको र पूर्ण रूपमा ध्वस्त भएको बताउनुभएकाे हाे । सैन्य विश्लेषकहरूले यसअघि इरानको नौसेनामा परम्परागत ठूला जहाजहरूका साथै साना र तीब्र गतिका डुङ्गाहरू पनि सामेल रहेको बताउँदै आएका छन् ।

 

यी साना डुङ्गाहरू विशेष गरी हर्मुज जलसन्धि जस्ता साँघुरा जलमार्गहरूमा छापामार शैलीको सैन्य कारबाहीका लागि तयार पारिएका हुन् ।