काठमाडौं । सेयरधनीहरु वित्तीय कारोबारमा अग्रसरता हुन र आत्मनिर्भरता बन्न सकुन् भन्ने उद्देश्यले वित्तीय सहकारी साक्षरता एकदिन तालिम सम्पन्न भएको छ। आईतवार श्री शिव मन्दिर महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आयोजना मा नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर२का वडा अध्यक्ष शिवप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। अध्यक्ष पाण्डेले महिला दिदीबहिनीहरु संघ संस्थामा रहेर यसैगरी बचत गर्ने बानी बसाली समाजलाई रूपान्तरण गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारी भनेको एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नु नै सहकारी भएको उहाँले बताउनुभयो । यो सहकारीले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू गरेको खण्डमा वडाको तर्फबाट गर्नुपर्ने सहयोग सदैव रहने समेत धारणा व्यक्त गर्नुभयो।यस्तै वित्तीय साक्षरता सम्बन्धित तालिम लुम्बिनी आदर्श डिग्री कलेजका प्राध्यापक माधव पराजुलीले पनि सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिनुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष तुलसा अर्याल खनालले स्वागत गर्दै महिला दिदीबहिनीहरु अनावश्यक रुपमा खर्च गर्नु भन्दा थोरै बचत गरियो भने भोलिका दिनमा आफूलाई आवश्यक परेका बेलामा खर्चको जोहो गर्न सकिने र थोरै बचतले पनि आत्मनिर्भरता बन्न सक्ने बताउनुभयो । कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष गीतादेवी अर्यालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव सुमित्रा सिग्देलले गर्नुभएको थियो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया