शिशिर खनाल को दाबी—बालेन्द्र शाह लाई भारत भ्रमणको निम्ता

123 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई निम्तो आएको दाबी गरेका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस मा रहेका मन्त्री खनालले एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नरेन्द्र मोदी ले शुभकामना सन्देश पठाउने क्रममा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका छन् ।

खनालका अनुसार भारतीय प्रधानमन्त्रीको निम्तो बालेन्द्र शाह ले स्वीकार गरिसकेका छन्, तर भ्रमणको मिति भने तय हुन बाँकी छ ।

गत शुक्रबार मौरिससमा उनले एस जयशंकर सँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गरेका थिए । नेपाल र भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै उनले अहिले आन्तरिक रूपमा देशका प्राथमिकताहरू निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् ।

यद्यपि, मौरिसस भ्रमणका क्रममा भारत भ्रमणबारे सन्दर्भ उठाइएको भए पनि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले यसबारे औपचारिक पुष्टि गरेका छैनन् ।