काठमाडाैं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन्।
इरानको नाकाबन्दीबीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैंले यो मार्ग सञ्चालनमा ल्याउने बताएका हुन्।
शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ताअघि खाडी क्षेत्र खुलाउने तयारी भइरहेको बताए। उनले प्रक्रिया सहज नहुने स्वीकार्दै अन्य देशहरू पनि सहयोगका लागि तयार रहेको उल्लेख गरे।
इरानले होर्मुज हुँदै जाने जहाजबाट शुल्क उठाउने योजनाबारे ट्रम्पले कडा प्रतिक्रिया दिँदै ‘त्यो हुन दिइने छैन’ भने। साथै कुनै पनि सम्झौतामा इरानसँग परमाणु हतियार नहुने मुख्य सर्त हुने स्पष्ट पारे।
युद्धविराम घोषणा भए पनि होर्मुज क्षेत्रमा जहाज आवागमन लगभग ठप्प छ, जसका कारण विश्वको करिब पाँचौँ हिस्सा तेल तथा ग्यास आपूर्तिमा अवरोध पुगेको छ। सयौँ जहाज अझै खाडी क्षेत्रमा अलपत्र परेका छन्।
शनिबार इस्लामाबादमा अमेरिका र इरानबीच हुने वार्ताबाट दीर्घकालीन शान्तिको अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया