काठमाडौं ।
इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ।
बीबीसीका अनुसार विमानस्थल स्रोतलाई उद्धृत गर्दै भान्स सवार विमान इस्लामाबादमा अवतरण भइसकेको छ। २१ वर्षपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो। यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनी पाकिस्तान पुगेका थिए।
वार्ताका लागि भान्ससँगै अमेरिकी विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।
इरानतर्फबाट संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफ नेतृत्वको प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ।
वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था सहित तयारी पूरा गरिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया