अमेरिका–इरान वार्ता इस्लामाबादमा आज, युद्धविराम र सम्पत्ति फुकुवामा केन्द्रित

159 Shares

काठमाडौँ ।
अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता हुने भएको छ। पाकिस्तानको मध्यस्थतामा हुन लागेको उक्त वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगिसकेको छ भने अमेरिकी टोली आउने क्रममा रहेको जनाइएको छ।

इरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागचीसहितको टोली सहभागी छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने अपेक्षा गरिएको छ।

वार्ताअघि इरानले आफ्ना सम्पत्ति फुकुवा र लेबननमा युद्धविराम सुनिश्चित गर्नुपर्ने सर्त अघि सारेको छ। पछिल्लो केही सातादेखिको तनाव र युद्धविरामको पृष्ठभूमिमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।