104
Shares
काठमाडौं — पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण सरकारले पुर्याउन नसकेपछि रिहा भएको बताएका छन्।
हाजिरी जमानिमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।”
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्णप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया