95
Shares
काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
उनलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट पत्नी यशोदा लेखकको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले लेखकलाई अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा हिरासत मुक्त गरिए बताए ।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ गतेको घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया