पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, वर्षा र चट्याङ्गको सम्भावना

111 Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव देखिएको छ। बिहीबार बिहान देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेश का केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, गण्डकी तथा अन्य हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।