काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद प्रशान्त उप्रेती ले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा को बैठकमा बोल्दै उनले केही समयअघि गृहमन्त्रीले नेपाल प्रहरीका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको स्मरण गराए।
उनले भने, “त्यो कार्य पूरा गर्नका लागि हेटौंडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिरहेको छ, कृपया यसको सञ्चालनका लागि आवश्यक कदम चालियोस्।”
सांसद उप्रेतीले लामो समयदेखि बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने कार्यको सुरुवात हेटौंडा कपडा उद्योगबाटै गर्नुपर्नेमा जोड दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया