फेवाताल जग्गा प्रकरण: गृहमन्त्री गुरूङ आफैं ठगिए

175 Shares

काठमाडाैं । गृहमन्त्री सुदन गुरुङ आफैं फेवाताल जग्गा प्रकरणमा ठगिएको तथ्य सार्वजनिक भएको छ।

भ्रष्टाचार र ठगीविरुद्ध कडा अभियान चलाइरहेका मन्त्री गुरुङले पोखरामा व्यवसाय सञ्चालनका लागि लिएको जग्गा नै अतिक्रमण क्षेत्रमा परेको खुलेपछि तथ्य सार्वजनिक भएकाे हो। सर्वोच्च अदालतको आदेश अनुसार फेवाताल क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने अभियान चलिरहेकै बेला करिब ८–१० वर्षअघि लिजमा लिएको जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने जानकारी पाएपछि मन्त्री गुरुङ ठगिएको निष्कर्षमा पुग्नुभएकाे छ।

युवा उद्यमीका रूपमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले मन्त्री गुरुङसहित तीन जना साझेदारले उक्त जग्गा भाडामा लिएका थिए। तर जग्गाधनीले सोही जग्गा मापदण्ड बाहिर रहेको र लालपुर्जा सुरक्षित रहेको भन्दै झुक्याएर सम्झौता गराएको मन्त्री गुरुङको दावी छ। पछि महानगरपालिकाबाट बुझ्दा उक्त जग्गा अतिक्रमित क्षेत्रमा पर्ने पुष्टि भएपछि उहाँले नैतिकताका आधारमा लगानी तथा निर्माण कार्य रोकेको बताउनुभयाे ।

मन्त्री गुरुङले आफ्नो लगानी र योजनामाथि ठगी भएको भन्दै अब कानूनी उपचार खोज्ने स्पष्ट पार्नुभएकाे छ। उहाँले आफूमाथि भएको अन्यायविरुद्ध कानूनी प्रक्रियामार्फत अघि बढ्ने समेत बताउनुभयाे ।